झापा- प्रेस चौतारी झापाको अध्यक्षमा मनकुमार गदाल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
गौरादहमा सोमबार भएको अधिवेशनले गदालको नेतृत्वमा चौतारी झापाको नयाँ नेतृत्व सर्वसम्मत निर्वाचित गरेको हो । उपाध्यक्षमा प्रदीप परियार र गंगा बराल, सचिवमा प्रकाश पौडेल, सहसचिवमा अच्युत सुवेदी र तिलम योञ्जन र कोषाध्यक्षमा सरोज चौलागाई निर्वाचित हुनुभयो ।
सदस्यहरुमा भूमिराज पराजुली, राजु पोख्रेल, मिना विश्वकर्मा, कुमार उप्रेती, राजु सन्तोषी थापा, सरोज भट्टराई, जिवन चुँडाल, लक्ष्मीप्रसाद अधिकारी, रुपा बुढाथोकी, रविता राउत, नन्दलाल खतिवडा, खगेन्द्र घिमिरे निर्वाचित हुनुभएको छ ।
अधिवेशनको नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको थियो ।
अधिवेशन उद्घाटनमा एमाले प्रदेश कमिटीका इन्चार्ज देवराज घिमिरे, एमाले झापाका इन्चार्जसमेत रहेका स्थायी कमिटी सदस्य अग्नि खरेल, स्थायी कमिटी सदस्य तथा प्रदेश नं १ का सहइन्चार्ज हिक्मत कार्की, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरी, प्रेस चौतारीका प्रदेश कमिटी इन्चार्ज लीलाराज भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।






प्रतिक्रिया