अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देवचुलीमा स्थानीय चुनावको झल्कोः प्रगतिनगरमा सत्ता गठबन्धन एमालेसँग पराजित

देवचुलीमा स्थानीय चुनावको झल्कोः प्रगतिनगरमा सत्ता गठबन्धन एमालेसँग पराजित


नवलपरासी- पूर्वी नवलपरासीको प्रगतिनगर खानेपानी संस्थामा स्थानीय तहको चुनावको झल्को दिनेगरी दलहरुबीच प्रतिस्पर्धा भएको छ ।

जिल्लाको देवचुली नगरपालिकास्थित प्रगतिनगर खानेपानी सस्थामा भएको चुनावमा सत्ता गठबन्धन एमालेसँग पराजित भएको हो । अध्यक्षमा एमालेका खिमानन्द भुसाल निर्वाचित हुनुभयो । उहाँले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) जसपा, र नेकपा (एस) सहित पाँच दलीय गठबन्धनलाई फराकिलो मतान्तरले पराजित गरेका छन् ।

गठबन्धनका अध्यक्षका उम्मेदवार नारायणप्रसाद पौडेललाई ५ सय ५९ मतान्तरले भुसालले हराउनुभयो । नेपालकै ठूलो खानेपानी उपभोक्ता संस्थामध्येको उत्कृष्ट खानेपानी संस्था प्रगतिनगर खानेपानी संस्था हो ।

तीन हजार पाँच सय ४९ मत खसेकोमा अध्यक्षमा एमालेका खिमानन्द भुसालले दुई हजार चार मत प्राप्त गर्दा गठबन्धनका अध्यक्ष पौडेलले एक हजार चार सय ४५ मत प्राप्त गर्नुभयो।