काठमाडौं – नेकपा एमालेनिकट अनेरास्ववियुको विधान महाधिवेशन काभ्रेको धुलिखेलमा हुने भएको छ ।
यसअघि पोखरामा हुने भनिएको विधान महाधिवेशन फागुन ७ र ८ गते धुलिखेलमा तय भएको महासचिव समिक बडालले बताउनुभयो ।।
झापाको बिर्तामोडमा सम्पन्न सचिवालय बैठकले राष्ट्रिय महाधिवेशन र विधान महाधिवेशनको मिति तोकेको थियो । बैठकका निर्णय सर्कुलरमार्फत जानकारी गराउँदै महासचिव बडालले चैत २२ देखि २४ सम्म हुने राष्ट्रिय महाधिवेशनको स्थान भने विधान महाधिवेशनबाट तय गरिने जानकारी गराउनुभएको छ ।
विधान महाधिवेशनका लागि विभिन्न उपसमितिहरू समेत गठन गरेका छन् भने केन्द्रीय सदस्यहरूको कार्यविभाजन पनि गरिएको छ ।






प्रतिक्रिया