अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गर्भवतीको उद्धार

गर्भवतीको उद्धार


जाजरकोट – सुत्केरी हुन नसकेर समस्यामा परेकी जगदुल्ला गाउँपालिका-२ काइगाउँकी १९ वर्षीया पुतली रोकायको उद्धार गरी प्रदेश अस्पतालमा ल्याइएको छ ।

१८ पुसदेखि सुत्केरी ब्यथा लागेर पनि बच्चा पाउन नसकेपछि उनलाई नेपाली सेनाको पश्चिम कमाण्ड हवाइ कार्यालयबाट गएको हेलिकोप्टरले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । राष्टपति उद्धार कोषमार्फत रोकायको उद्धार भएको हो ।