अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

९८ दिन लामो उपचारपछि माओवादी नेता वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

९८ दिन लामो उपचारपछि माओवादी नेता वर्षमान पुन अस्पतालबाट डिस्चार्ज


काठमाडौं – माओवादी केन्द्रका नेता वर्षमान पुन अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ रोगबाट ग्रसित पुन मंगलबार अपराह्न थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनबाट डिस्चार्ज हुनुभएको हो ।

उहाँको थाइल्यान्डको राजधानी बैंकक र चीन सेनजेनमा गरी ९८ दिन लामो उपचार भएको थियो । नेता पुन आज डिस्चार्ज भए पनि उहाँ तीन दिनपछि नेपाल फर्किनु हुनेछ ।

माओवादी केन्द्रको महासचिवमा पुनको पनि दाबी भएकाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी टुंगो लगाउन सकेका छैनन् ।