अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारीको २८ पुसमा जिल्ला अधिवेशन, २ माघदेखि प्रदेश अधिवेशन

प्रेस चौतारीको २८ पुसमा जिल्ला अधिवेशन, २ माघदेखि प्रदेश अधिवेशन


काठमाडौं – एमालेनिकट प्रेस चौतारी नेपालले जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको मिति तय गरेको छ। लुम्बिनीमा १२ र १३ गते बसेको चौतारीको बैठकले २८ पुसमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार माघ २ देखि ६ गतेसम्म प्रदेश अधिवेशन गर्ने निर्णय गरिएको छ । प्रदेश १ को २ माघमा, बागमती, उपत्यका, प्रतिष्ठान एसोसिएट प्रदेशको पनि माघमै गरिने भनिए पनि मिति उल्लेख गरिएको छैन ।

लुम्बिनी प्रदेशको ४ माघ, कर्णाली प्रदेशको ६ माघ, सुदू्रपश्चिम प्रदेशमा ५ माघमा अधिवेशन गरिने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार लुम्बिनीको दाङमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिमको धनगडीमा गरिनेछ । तर, प्रदेश २ को मिति तोकिएको छैन ।