गुल्मी – गुल्मीको छत्रकोट गाउँपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसका नेता र कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।
छत्रकोट गाउँपालिका वडानम्बर–५ खज्र्याङ्गमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्रबाट गाउँपालिकाका उम्मेद्वारसहित एमालेमा प्रवेश गरेको हो ।
छत्रकोट गाउँपालिकाका २०७४ सालका गाउँपालिका प्रमुखका उम्मेदवार रामप्रसाद पाण्डे, गाउँपालिका सचिव सरोज पाण्डे, कोषाध्यक्ष इन्दिरा पाण्डेसहित नेकपा आमोवादी केन्द्रका प्रभावशाली नेताहरु एमालेमा प्रवेश गर्नुभएको हो ।
यस्तै कार्यक्रममा छत्रकोटको खज्र्याङ्ग र दौंघाबाट नेपाली नेपाली कांग्रेसबाट पनि नेता र कार्यकर्ताहरु एमालेका प्रवेश गरेका छन् ।
नव प्रवेसी नेता–कार्यकर्ताहरुलाई नेकपा एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले पार्टीमा टीका र माला लगाएर स्वागत गर्नुभयो ।
एमाले प्रवेश गरेपछि नेता रामप्रसाद पाण्डे र सरोज पाण्डेले नेकपा एमालेले अघि बढाएको समृद्धिको अभियान र नेपाली कम्युनिष्ट आन्दोलनलाई अझ बलियो बनाउन प्रवेश गरेको बताउनुभयो ।
आमोवादीले जनताको जनभावना अनुसार चल्न नसकेको कारण आफूहरु एमालेमा प्रवेश गरेको नेताहरुले बताउनुभयो । यो देशमा नेकपा एमालेले मात्रै अगुवाइ गर्न सक्ने भएकाले सबै नेता कार्यकर्तालाई एमालेमा समाहित भएर अघि बढ्न पनि उहाँहरुले अपिल गर्नुभएको छ ।
रामप्रसाद पाण्डे र सरोज पाण्डे छत्रकोट गाउँपालिकाका माओवादी केन्द्रका लोकप्रिय युवा नेता हुनुहुन्छ । उहाँहरु नेकपा एमालेमा प्रवेश गरेसँगै बाँकी रहेका नेता तथा कार्यकर्ता पनि एमालेमा नै प्रवेश गर्ने तयारी रहेको बताइएको छ ।
कार्यक्रममा नेकपा एमालेका केन्द्र, प्रदेश र जिल्ला स्तरका नेता कार्यकर्ताहरु सहभागी हुनुहुन्थ्यो ।







प्रतिक्रिया