काठमाडौं – राष्ट्रियसभाको आगामी माघ १२ गते हुने निर्वाचनका लागि आज दलहरुले उम्मेदवारी दर्ता गरेका छन् । १९ राष्ट्रियसभा सदस्य चयनका लागि ४३ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन आयोगका अनुसार प्रदेश १, २ र वागमतीमा त्रिपक्षीय प्रतिस्पर्धा हुनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा द्विपक्षीय प्रतिस्पर्धा हुनेछ ।
दावी विरोधलगायतको सबै प्रक्रिया पूरा गरेर २५ पुसमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नुका साथै निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।
राष्ट्रियसभा निर्वाचनका लागि एमाले एक्लै छ भने सत्तारुढ ५ दलको गठबन्धन बनेको छ ।









प्रतिक्रिया