अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुख्खा पहिरोले रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

सुख्खा पहिरोले रसुवागढी नाका जोड्ने सडक अवरुद्ध


रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक अवरुद्ध भएको छ । मंगलबार बिहान स्याफ्रु–रसुवागढी सडकखण्डको कुलुङ पुल नजिकै सुख्खा पहिरो जाँदा नाका जोड्ने सडक अवरुद्ध भएको हो ।

करीब सय मिटर सडकमाथिबाट ढुंगा-माटोसहितको सुख्खा पहिरो आई सडक पूर्णरूपमा अवरुद्ध भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताउनुभयो । ‘सडकमाथिबाट सुख्खा पहिरो आएको छ । पहिरो ठूलो छ,’ उहाँले भन्नुभयो ।

बुधबार बेलुकीसम्ममा सडक सुचारु गराउने प्रयास भइरहेको उहाँको भनाई रहेको छ । ‘सडक सुचारु गराउन एउटा स्काभेटरले काम सुरु भइसकेको छ । जलविद्युत आयोजनाका स्काभेटरका लागि पनि समन्वय गरिरहेको छु,’ उहाँले भन्नुभयो ।

सुख्खा पहिरोले सडक अवरुद्ध हुँदा टिमुरे क्षेत्रको विद्युत सेवा समेत अवरुद्ध भएको बनेको छ । विद्युतका तारहरूमा क्षति पुगेको बताइएको छ ।

सडक अवरुद्ध हुँदा रसुवागढी नाकामा आवतजावत गर्ने साना तथा ठूला सवारी रोकिएका छन् । टिमुरे जान लागेका करीब २० वटा मालवाहक सवारी बिचमै रोकिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।