अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश २ : चिसो बढ्दै गएपछि स्थानीय तहले धमाधम विद्यालय बन्दको घोषणा गर्दै

प्रदेश २ : चिसो बढ्दै गएपछि स्थानीय तहले धमाधम विद्यालय बन्दको घोषणा गर्दै


जनकपुरधाम – केही दिनदेखि प्रदेश २ का बढेको चिसो र शितलहरको कारण केही स्थानीय तहहरूले आफ्ना पालिकाहरूमा विद्यालयको बिदा दिएको छ ।

धनुषाका विभिन्न ३ वटा स्थानीयहरू क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले विद्यालयमा बिदा दिएका हुन्। बढ्दो चिसोको मध्यनजर गर्दै उनीहरूले विद्यालयको बिदा दिएका हुन् ।

त्यसैगरि, पर्साका पनि विभिन्न ३ वटा स्थानीय तहले चिसोकै कारण विद्यालयको बिदा दिएको छ । पर्सा जिल्लाका ठोरी,धोबिनी र जिराभवानी गाउँपालिकाले निजी तथा सामुदायिक विद्यालयलाई बिदा दिएको छ। चिसोको कारण पुस २४ गतेसम्मका लागि सबै विद्यालयको पठनपाठन बन्द गराएको छ ।

अत्यधिक चिसोको कारण जनजीवन कष्टकर बन्दै गएपछि विद्यालयहरूको बालबालिकाको संख्यासमेत कम हुन थालेपछि मंगलबारदेखि ५ दिन सम्मको लागि विद्यालयहरूको पठनपाठन बन्द गराएको क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख प्रशासकीय प्रमोदकुमार घिमिरेले बताउनुभयो।

लक्ष्मीनिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशङ्कर यादवले मंगलबारदेखि अर्को सूचना नहुनजेलसम्मको लागि पालिकाभित्र रहेका निजी तथा सामुदायिक विद्यालयहरूको पठनपाठन बन्द गर्न निर्णय भएको बताउनुभयो । धनुषाका नगराइन नगरपालिकाले भने मंगलबारदेखि ५ दिन सम्मको लागि विद्यालय बन्दको निर्णय गरेको छ ।