अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बसको ठक्करबाट सप्तरीमा एक बालक गम्भीर घाइते

बसको ठक्करबाट सप्तरीमा एक बालक गम्भीर घाइते


सप्तरी – सप्तरीको सडेंपारमा अर्जुन रथ बसको ठक्करबाट एक जना बालक गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा स्थानीय जयबिन्द सिंहका ८ वर्षीय छोरा जित सिंह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । ठक्करबाट घाइते भएका बालकको अवस्था गम्भीर रहेको परिवारले जानकारी दिएको छ ।

उनलाई उपचारका लागि विराटनगर लगिएको छ । घटना भए लगत्तै स्थानीयले टायर बालेर सडक अवरुद्ध गरेका छन् । बस विराटनगरबाट राजविराज आउने क्रममा दुर्घटना भएको स्थानीयले बताएका छन् ।