काठमाडौं- प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पुस २६ गते भारत भ्रमणमा जाने तयारी भएको छ । देउवाले २६ पुसमा भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री सचिवालयका अनुसार उहाँले सोही दिन भारतीय समकक्षी नरेन्द्र मोदीसँग गान्धीनगरमा औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ । यसका साथै देउवाले सबै भेटघाट कार्यक्रम गान्धीनगरमै गर्ने निश्चित भएको छ ।
प्रधानमन्त्री पत्नी आरजु राणा यसअघि नै दिल्ली पुगिसक्नुभएको छ ।







प्रतिक्रिया