अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिक्षक र विद्यार्थीमा कोरोना संक्रमणपछि दाङको एक विद्यालय बन्द

शिक्षक र विद्यार्थीमा कोरोना संक्रमणपछि दाङको एक विद्यालय बन्द


दाङ – शिक्षक र विद्यार्थीमा कोरोना भाइरस संक्रमण पुष्टिभएसँगै तुल्सीपुर उपमहागरनपालिका–८ को आश्वरा माध्यमिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ ।

एन्टिजेन परीक्षण गर्दा विद्यालयका ६ शिक्षक र ६ विद्यार्थी गरी १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणको लक्षण देखिएपछि शिक्षक र विद्यार्थीहरुको स्थानीय अस्पतालमा एन्टिजेन परीक्षण गरिएको थियो ।

मंगलबारदेखि पाँच दिनसम्म विद्यालयको पठनपाठन बन्द गरिएको उपमहानगरपालिका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले बताउनुभयो । ‘शिक्षक र विद्यार्थीमा कोभिड देखिएपछि थप संक्रमण फैलन नदिन विद्यालय बन्द गरिरएको छ’ उहाँले भन्नुभयो, ‘संक्रमित विद्यार्थीको अवस्था सामान्य छ । शिक्षकहरुलाई होम आइसोलेसन बस्न भनिएको छ ।’

त्यस्तै तुल्सीपुर उपमहानगरपालिका–६ स्थित राप्ती बाल एकेडेमीका दुई विद्यार्थीमा पनि एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितको विद्यार्थीको सम्पर्कमा आएका अन्य विद्यार्थी र शिक्षकहरुको कोभिड परीक्षण भइरहेको जनाएको छ ।