अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बैतडीमा खसी चोरको बिगबिगी

बैतडीमा खसी चोरको बिगबिगी


बैतडी – बैतडीको पाटन नगरपालिका-५ क्वापानी गाउँबाट सोमबार राति २ वटा खसी चोरी भयो । स्थानीय जयबहादुर चन्दको घरबाट यी दुई खसी चोरी भएका थिए । राति २ बजेतिर आएको अज्ञात समुहले खसीहरू लगेको उहाँका छोरा मनोज चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बुबा-आमा र बहिनी घरमा हुनुहुन्थ्यो । बाहिरबाट आएका व्यक्तिहरूको समूहले उहाँहरूलाई बाहिरबाट ढोकामा ताल्चा लगाएर थुनेछन र गोठबाट खसी चारेर लगेछन् ।’

दुई वटा खसीको मुल्य करीब ५० हजार पर्ने स्थानीय विवेकानन्द पाण्डेयले बताउनुभयो । यसअघि पनि गाउँमा पटक पटक खसी चोरी भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसरी पटक पटक गाउँबाट खसी चोरी हुन थालेपछि स्थानीय त्रसित बनेका छन् । चोरी रोक्न प्रहरी प्रशासन चनाखो हुनु पर्यो । सरकारले पीडित परिवारलाई राहत पनि उपलब्ध गराउनु पर्यो ।’ प्रहरीले भने खसी चोरीको बिषयमाथि अनुसन्धान भैरहेको जनाएको छ ।

गतसाता दशरथचन्द नगरपालिका-४ बाडीलेकका एक किसानले गोठमा बाँधेको खसीको दुई वटा खुट्टा काटेर मारेको अवस्थामा भेटिएको थियो । स्थानीय नैनराम भुलको गोठमा बाँधेको खसी काटेर लगेको अवस्थामा भेटिएको अभियन्ता राजुराम भुलले बताउनुभयो । पछि गोठमा आधा मात्रै खसी भेटिएको उहाँले बताउनुभयो ।

यसैगरी, गतबर्ष साहीलेकका एक व्यक्तिको खसी चोरेर बजारमा बेचेको भेटेपछि दोषीमाथि कारवाही गरेको स्थानीय देवराम लोहारले बताउनुभयो ।