काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन रहेपनि आगामी चुनावमा कांग्रेसले अरू पार्टीसँग तालमेल नगर्ने बताउनुभएको छ ।
बुधबार डा. शेखर कोइराला पक्षले आयोजना गरेको भेलामा थापाले सत्ता गठबन्धन आगामी चुनावसम्म रहे पनि चुनाव भने कांग्रेस एक्लै लड्ने बताउनुभएको हो ।
उहाँले राष्ट्रिय सभाको चुनावपछि तालमेल समाप्त हुने र स्थानीय र प्रतिनिधि सभा चुनावमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रने बताउनुभयो ।
‘राष्ट्रिय सभाको निर्वाचनसँगै चुनावी तालमेल समाप्त हुन्छ । हामी एक्लै चुनावमा जान्छौं,’ उहाँले भन्नुभयो, ‘गठबन्धन चुनावसम्म रहन्छ तर, कांग्रेस एक्लै लड्ने हैसियत राख्छ । त्यसका लागि पार्टीले वातावरण बनाउनुपर्छ।’
थापाले ४० प्रतिशत मत ल्याएको शक्तिलाई पार्टीमा बेवास्ता गर्न नहुने बताउनुभयो ।







प्रतिक्रिया