सप्तरी – प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्ण सवार गाडी दुर्घटना भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन् ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा केही महिनाअघि हत्या गरिएकाको परिवारलाई भेटेर फर्किने क्रममा बुधबार साँझ राज्यमन्त्री सवार गाडी दुर्घटना भएको हो । ज १ झ ४०६ नम्बरको गाडी छिन्नमस्तना गाउँपालिका १ स्थित जोलहनिया पुल नजिक घुमाउने क्रममा दुर्घटना भएको हो ।
गाडीमा सवार राज्यमन्त्री कर्ण, सप्तरीको खडक नगरपालिका ६ बस्ने ४० वर्षीय जयप्रकाश चौधरी, सोही नगरपालिकाको वडा नम्बर ८ बस्ने ४५ वर्षीय प्रथमलाल राम, राजविराज नगरपालिका बस्ने ३० वर्षीय ध्रुब मण्डल, गाडी चालक शम्भुनाथ नगरपालिका ६ बस्ने २५ वर्षीय विवेक मण्डल र राज्यमन्त्रीका सुरक्षा गार्ड तुलसीप्रसाद साह घाइते भएका छन् ।
मन्त्री कर्णको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेहरुको स्थानीय मेडिकलमा उपचारका भइरहेको छ ।






प्रतिक्रिया