अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२५ वर्षपछि सहयोगी बीसीले छाडे पत्रकारिता, एमाले राजनीतिमा होमिने घोषणा

२५ वर्षपछि सहयोगी बीसीले छाडे पत्रकारिता, एमाले राजनीतिमा होमिने घोषणा


अर्घाखाँची– नेपाल पत्रकार महासंघ अर्घाखाँचीका संस्थापक सचिव सहयोगी बीसी राजनीतिमा लागेपछि महासंघको सदस्यता त्याग गर्नुभएको छ ।

एमाले अर्घाखाँची जिल्ला अधिवेशनका लागि प्रतिनिधिमा चयन भएपछि उहाँले २५ वर्षको पत्रकारिताको यात्राबाट विश्राम लिनुभएको हो । उहाँले महासंघको सदस्यतासेमत त्यागेको घोषणा गर्नुभएको छ ।

बीसीले नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्षलाई सम्बोधन गर्दै लेखेको पत्रमा सदस्यता खारेजीको लागि अनुरोध गर्नुभएको छ । ‘नेपाल पत्रकार महासंघको विधान अनुसार कुनै पनि पार्टीको जिम्मेवारीमा बसेको व्यक्ति पत्रकार महासंघमा बस्न नमिल्ने व्यवस्था भएकोले आजैको मितिदेखि लागु हुने गरी नेपाल पत्रकार महासंघको साधारण सदस्य खारेजिको निम्ति महासंघको अध्यक्ष लाई निवेदन पेश गरेको छु,’ बीसीले भन्नुभएको छ ।

२०५४ मा अर्घाखाँचीमा नेपाल पत्रकार महासंघको स्थापना गर्दा सचिवको भूमिकामा रहेका बीसी लामो समय पत्रकारीतामा रहेपनि त्यसयता पत्रकार महासंघको कुनै भूमिका हुनुहुन्न ।