अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले रोल्पा सचिव रोकाको हृदयघात भएर मृत्यु

एमाले रोल्पा सचिव रोकाको हृदयघात भएर मृत्यु


रोल्पा- हृदयघातका कारण रोल्पास्थित नेपाल कम्युनिस्ट पार्टी (एमाले) का जिल्ला सचिव निमप्रसाद रोकाको मृत्यु भएको छ ।

अचानक बिरामी भएका ४७ वर्षका रोकाको त्रिवेणी गाउँपालिका–२ नुवागाउँस्थित आफ्नै घरमा बुधबार राति ९ बजेतिर निधन भएको पारिवारिक स्रोतले जनाएको छ । एमालेका अनुसार जिल्ला अधिवेशन आयोजना गर्न तयारी गरिएको नुवागाउँमा दिनभर मञ्च निर्माण र व्यवस्थापनमा उहाँसहितको टोली खटिएको थियो ।

रोकाको निधनबाट पार्टी र जिल्लाले अग्रज नेतृत्व गुमाएकोमा ठूलो क्षति पुगेको एमाले जिल्ला अध्यक्ष बालाराम बुढामगरले बताएका छन् । शोक वक्तव्य जारी गर्दै अध्यक्ष बूढामगरले परिवारमा धैर्यधारण गर्न आव्हान गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

रोकाकै मृत्युको कारण जिल्ला अधिवेशन अनिश्चित समयसम्मका लागि स्थगित गरिएको छ ।

रोकाका श्रीमती, छोरा छोरी, दुई भाइ, बहिनी र बुबाआमा छन् ।