अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी

विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी


काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।

कांग्रेसको १४ औं महाधिवेशनबाट सदस्य बनेका चौधरीविरूद्ध सिराहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन् ।

चौधरीविरूद्ध बुधबार केन्द्रिय सदस्य पद खारेज गर्न माग गर्दै उजुरी परेको निर्वाचन कार्यालयले जनाएको छ । चौधरीविरूद्धको उजुरीमा यादवले विधानविपरीत केन्द्रीय सदस्य बनेको दाबी गर्दै उक्त पद खारेजीको माग गरेका छन् । यादवले उक्त क्षेबाट केन्द्रीय सदस्यमा आफ्नो नाम हुनुपर्ने उनको दाबी छ ।