अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री देउवा सहभागी हुने भनिएको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित

प्रधानमन्त्री देउवा सहभागी हुने भनिएको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको भारतको गुजरातमा हुने भनिएको ‘टेन्थ भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित भएको छ।

गुजरातमा कोभिड–१९ को संक्रमण बढेको भन्दै यो सम्मेलन स्थगित गरिएको भारतीय सञ्चारमाध्यम एनआईले उल्लेख गरेको छ ।

प्रधानमन्त्री देउवा भने उक्त सम्मेलनमा सहभागी हुन जाने तयारी भइसकेको थियो । अब सम्मेलन स्थगित भएपछि प्रधानमन्त्रीको भारत भ्रमण पनि स्थगित हुनसक्ने बुझिएको छ ।