भोजपुर – नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले प्रमुख सत्तारुढ नेपाली कांग्रेसलाई सामन्तहरुको पार्टीको संज्ञा दिनुभएको छ ।
प्रदेश १ का पूर्वमुख्यमन्त्री समेत रहेका राईले गृहजिल्ला भोजपुरको टक्सारस्थित दाह्रेगौँडामा आयोजित एमाले पार्टी प्रवेश कार्यक्रमलाई बिहीबार सम्बोधनका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
नेपाली कांग्रेस सामन्तहरुको पार्टी हो । २०४६ पछि देशलाई नै बेच्ने काम गरिरहेको छ । देशभरका ठूला-साना कम्पनी डुबाउने काम कांग्रेसले गरेको हो, उहाँले भन्नुभयो, ‘तर एमालेले देश र जनताका लागि काम गरेको छ । जनतालाई भत्ता दिन थाल्यो । नौ महीने सरकार र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारले राम्रो काम गरेको देखेर सरकारबाट हटाउने खेल भयो ।’
उहाँले राम्रो काम गरेको हुनाले एमालेलाई घेराबन्दी गरिएको पनि बताउनुभयो । एमालेको सरकारले राम्रो काम गरेकाले पार्टीभित्रै र बाहिरबाट पनि घेराबन्दी भयो’ उहाँले भन्नुभयो, ‘भत्ता दिने पार्टी पनि एमाले हो। गाउँ र सहर बनाउने पनि एमाले हो। सडक बनाउने पनि एमाले नै हो ।’
उहाँले आफू प्रदेश १ को मुख्यमन्त्री भएपछि भोजपुरको सडक कालोपत्रे गरेको पनि बताउनुभयो । ‘समृद्ध नेपाल सुखी नेपाली’ नारा एमालेले जनतालाई धनी बनाउन ल्याएको पनि जिकिर गर्नुभयो ।






प्रतिक्रिया