अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले काठमाडौं अधिवेशनको तयारी पूरा

एमाले काठमाडौं अधिवेशनको तयारी पूरा


काठमाडौं – नेकपा एमाले काठमाडौंको पुस २३ शुक्रबार (भोलि) हुने जिल्ला अधिवेशनको तयारी पूरा भएको जानकारी दिएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी क्रिकेट मैदानमा शुक्रबार हुने जिल्लाको छैटौँ अधिवेशनको तयारी पूरा भएको अध्यक्ष कृष्ण राईले जानकारी दिनुभयो ।

जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको राईले बताउनुभयो ।

काठमाडौँका ११ नगर र १३८ वटा वडाहरूमा र १० प्रतिनिधि सभा निर्वाचन क्षेत्रहबाट २० पुसमा जिल्ला अधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन गरिएको थियो ।

शुक्रबार २३ पुसमा उद्घाटन हुने जिल्ला अधिवेशनमाा नेतृत्व चयनका लागि २४ गते राष्ट्रिय सभा गृहमा २४ पुस शनिबार बन्द सत्र हुनेछ ।