अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तेह्रथुममा हेलिकोप्टर चार्टर गरी लिम्बुको विवाह

तेह्रथुममा हेलिकोप्टर चार्टर गरी लिम्बुको विवाह


तेह्रथुम – गाउँमा विवाह हुँदा बस, ट्याक्सी तथा साना गाडी रिजर्भ गर्नु सामान्य नै बन्न थालेको छ । तर, सामान्य नागरिकले हेलिकोप्टर चार्टर गरेर विवाह गरेको शायद कमै मात्र सुन्न सकिन्छ ।

विवाह खर्च जुटाउन नै निकै सकस हुन्छ गाउँका सामान्य नागरिकलाई । छथर गाउँपालिका-२ हमरजुङ खैरेनीका २९ वर्षका सविन लिम्बुले विवाहमा हेलिकप्टर नै चार्टर गरी बेहुली भित्र्याएका छन् ।

बुवा झप्टबहादुर लिम्बु र आमा दिलकुमारी लिम्बुले छोरा सविनले काठमाडौं थानकोट निवासी राजु सेर्पा र कल्पना क्षेत्रीकी छोरी २५ वर्षीया सिम्रन सेर्पासँग हेलिकोप्टर चार्टर गरेर विवाह गरेका छन् ।

गाउँको कुनामा हेलिकप्टरबाट बुहारी भित्र्याउन पाउँदा गर्व लागेको बेहुलाका बुवा झप्टहादुर लिम्बुले बतारउनुभयो । ‘मैले कल्पना पनि गरेको थिएन आफ्नो बुहारी हेलिकप्टरबाट भित्र्याउँछु भनेर । तर, आज मेरो जेठा छोरा र जेठी बुहारी यो गाउँमा हेलिकप्टरमार्फत भित्र्याउन पाउँदा जीवनकै खुसी भएकोछु,’ उहाँले भन्नुभयो ।

रु. २ लाख ७० हजार खर्च गरी बेहुली भित्र्याएका सविनले भन्नुभयो, ‘सानैदेखि मेरो गाउँमा फरक र ऐतिहासिक ढंगले विवाह गर्ने सोच थियो । आज पूरा भएको छ । मैले कसैलाई देखाउनका लागि हेलिकप्टर चार्टर गरेको हैन ।’ बेहुली सम्पन्न परिवारकी र बेहुला सामान्य परिवारका रहेका छन् ।

गाउँका सामान्य नागरिकले हेलिकप्टर चार्टर गरेर विवाह गर्नु चानचुने कुरा नभएको स्थानीय मनबहादुर खड्काले बताउनुभयो । ‘योजना बनाउने हो र चाहने हो भने असम्भव नहुने रहेनछ । खर्च जहाँबाट जुटाए पनि जुटाउन सकिँदो रहेछ,’ उहाँले भन्नुभयो ।