अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा आज देशैभर एकसाथ जिल्ला अधिवेशन सुरु हुँदै, कतिपय जिल्लामा रोकियो

एमालेमा आज देशैभर एकसाथ जिल्ला अधिवेशन सुरु हुँदै, कतिपय जिल्लामा रोकियो


काठमाडौं– माओवादीसँगको एकता भत्किएपछि नेकपा एमालेका जिल्लाहरुको पहिलो पटक आज जिल्ला अधिवेशन हुँदैछ । अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

माओवादीसँग एकता हुनुअघि २०७३ पुससम्म अधिवेशनबाट एमाले जिल्ला कमिटी चयन भएको थियो ।

२०७२ सालमा भएका जिल्ला अधिवेशनको म्याद नसकिँदै माओवादीसँग पार्टी एकता भएपछि जिल्ला अधिवेशन भएको थिएन । एमाले केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीका अनुसार हिमाली जिल्ला र प्रदेश २ को सप्तरी बाहेकका जिल्लामा आज एकै पटक जिल्ला अधिवेशन हुँदैछ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयको वार रुमबाट अधिवेशनको भर्चुअल उदघाटन गर्ने केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।