अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपामा नेपाल, खनाल र गौतमलाई छक्याएर दाहाल र अध्यक्ष ओलीबीच के सम्झौता भएको थियो ? अन्नपूर्णले भोलि सार्वजनिक गर्ने

नेकपामा नेपाल, खनाल र गौतमलाई छक्याएर दाहाल र अध्यक्ष ओलीबीच के सम्झौता भएको थियो ? अन्नपूर्णले भोलि सार्वजनिक गर्ने


काठमाडौं– अन्नपूर्ण पोस्ट दैनिकले तत्कालिन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको गोप्य सम्झौता सार्वजनिक गर्ने भएको छ ।

अन्नपूर्णका सम्पादक अखण्ड भण्डारीले शनिबारको पत्रिकामा सम्झौता सार्वजनिक हुने पूर्वजानकारी दिनुभएको छ ।
‘नेकपामा छँदा प्रचण्डले माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायत उनलाई साथ दिनेहरूलाई बेबकुफ बनाएररछक्याएर मसँग अर्को एउटा सम्झौता गरेका थिए । त्यसको एक प्रति उनीसँग छ, एक प्रती मसँग छ । म आज त्यो खोल्ल्न चाहन्छु,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै भण्डारीले भन्नुभएको छ ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको समसामयिक राजनीतिक एवं कम्युनिस्ट किचलोका खुलासायुक्त रोचक कुराकानी शुक्रबार अन्नपूर्ण पोस्टमा सार्वजनिक हुने भएको छ ।