अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२६ एसएसपीको सरूवा: उपत्यका ट्राफिकमा जोशी, अपराध अनुसन्धानमा कुँवर

२६ एसएसपीको सरूवा: उपत्यका ट्राफिकमा जोशी, अपराध अनुसन्धानमा कुँवर


काठमाडौं- प्रहरी प्रधान कार्यालयले २६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरूवा गरेको छ।

एसएसपी मसाउद आलम खाँलाई नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा सरूवा गरिएको छ।

साथै एसएसपी भीमप्रसाद ढकाललाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरूवा गर्दा श्यामलाल ज्ञवालीलाई नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय सामाखुसी पठाइएको छ।

प्रहरी प्रवक्ता रहेका एसएसपी बसन्तबहादुर कुँवरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरूवा गरिएको छ।

एसएसपी पूजा सिंहलाई गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरूवा गरिएको छ। उनीहरूलाई बिहीबार सरूवा गरिएको हो।