काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई गठबन्धन नचाहिने बताउनुभएको छ ।
देशैभरका जिल्ला अधिवेशन शुक्रबार भर्चुअल उदघाटन गर्दै अध्यक्ष ओलीले जस जसलाई गठबन्धन आवश्यक छ उसैलाई गठबन्धन गर्न आग्रह गर्नुभयो ।
एमालेसँग अहिले पनि जनमत बढि रहेको दाबी गरेका उहाँले एकातिर अरु पार्टी र अर्कोतिर एमाले राख्दा पनि एमाले पनि शक्तिशाली रहेको बताउनुभयो ।
आगामी निर्वाचनमा एमाले एक्लै चुनौतीको सामना गर्न तयार रहेको उहाँको भनाइ छ ।
अध्यक्ष ओलीले आफ्नो पार्टीको हालै सम्पन्न १०औँ अधिवेशनको अध्ययन विना नै टिकाटिप्पणी भइरहेको बताउनुभएको छ । उहाँले एमाले अधिवेशनले पारित गरेका दस्तावेजले लिएको नीति र सिद्धान्तबारे अध्ययन विना नै विभिन्न टिकाटिप्पणी भइरहेको बताउनुभएको हो ।
एमालेविरुद्ध हल्ला फिँजाइएको भन्दै उहाँले भ्रममा नपर्न कार्यकर्ता र आममानिसलाई आग्रह गर्नुभयो । अध्यक्ष ओलीले गठबन्धनललाई प्रतिमगनको संज्ञा दिनुभयो ।
एमालेको ६१ जिल्ला अधिवेशन सुरु भएको छ । १६ जिल्लामा भने हाललाई अधिवेशन स्थगित गरिएकाे छ ।
एमालेले आठ वर्षको अन्तरालपछि जिल्ला अधिवेशन गर्न लागेको हो । यतिबेलासम्म दुईपटक जिल्ला अधिवेशन भई कार्यकाल परिवर्तन हुनुपर्ने थियो। त्यसो हुन नसक्दा नेतृत्व विकासमा जाम परेको अवस्था छ।
एमाले संगठन विभागका प्रमुख खगराज अधिकारीले जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा नेतृत्व चयनका लागि तीनबुँदे मापदण्ड जारी गर्नुभएको छ ।
त्यसअनुसार पदाधिकारी हुन दुई कार्यकाल जिल्ला कमिटी सदस्य वा एक कार्यकाल सचिवालय सदस्य भई काम गरेको हुनुपर्ने, सदस्य हुन एक कार्यकाल जिल्ला कमिटी वा त्योभन्दा मुनि एकपटक सदस्य भई काम गरेको हुनुपर्नेछ।







प्रतिक्रिया