अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जिल्ला अधिवेशनपछि एमाले निर्वाचनको महाअभियानमा केन्द्रित हुन्छः महासचिव पोखरेल

जिल्ला अधिवेशनपछि एमाले निर्वाचनको महाअभियानमा केन्द्रित हुन्छः महासचिव पोखरेल


काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको जिल्ला अधिवेशनपछि निर्वाचनको महाअभियानमा केन्द्रित हुने बताउनुभएको छ ।

देशैभर एकैपटक जिल्ला अधिवेशन उदघाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले भन्नुभयो, ‘जिल्ला अधिवेशनपछि नयाँ नेतृत्व चयन हुन्छ, त्यसपछि हाम्रो पार्टी निर्वाचनको महाअभियानमा केन्द्रित हुन्छ ।’

उदघाटन समारोहलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि स्वस्थ्य प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न अपिल गर्नुभएको थियो ।

अध्यक्ष ओलीले एमाले एक्लैले चुनाव जित्ने दाबी गर्दै गठबन्धन कमजोरहरुले मात्रै गर्नुपर्ने उल्लेख गर्नुभएको थियो ।