अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले देशका लागि लड्ने र देश बनाउने पार्टी हो : अध्यक्ष ओली

एमाले देशका लागि लड्ने र देश बनाउने पार्टी हो : अध्यक्ष ओली

एमाले तुइन काटेर नदीमा हाल्दा बोल्न नसक्ने निम्छरो पार्टी होइन


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको नागरिकलाई विदेशीले तुइन काटेर नदीमा खसाल्दासमेत नबोल्ने गठबन्धन सरकार जस्तो आफ्नो पार्टी नभएको बताउनुभयो ।

एमालेको जिल्ला अधिवेशन भर्चुअल रुपमा उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकारलाई ‘निम्छरो’को संज्ञा दिनुभएको हो । उहाँले भन्नुभयो, ‘एमालेको सरकार देशका छुटेका भूभाग राखेर नक्सा जारी गर्ने र पास गर्ने सरकार हो । तुइन काटेर नदीमा हाल्दा नबोल्ने निम्छरो सरकार होइन।’

अध्यक्ष ओलीले एमाले विदेशी हस्तक्षेका विरुद्ध एक्लै दृढताका साथ बोल्ने गरेको बताउँदै पाँच दलीय गठबन्धनले एक शब्द पनि बोल्न नसकेको बताउनुभयो ।

एमाले देशका लागि लड्ने र देश बनाउने पार्टी रहेकाले प्रवेशको लहर बढेको समेत उहाँले बताउनुभयो ।