बनेपा – राष्ट्रिय प्रजातन्त्र पार्टीको सिंगो जिल्ला कार्य समिति नै नेकपा एमालेमा समाहित भएको छ । काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामासहित कार्य समितिका सबै पदाधिकारी र सदस्य आज एमालेको जिल्ला अधिवेशन उद्घाटन समारोहमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नुभएको थियो । काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामासहित उपाध्यक्ष श्रीदास लामा, गंगामाय लामा, सचिव धनजीत तथा कार्य समितिका पदाधिकारी र सदस्यहरू एमालेमा प्रवेश गरेका हुन् ।
त्यस्तै श्रीदास लामा रोशी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष हुन् भने धनजीत लामा रोशी गाउँपालिका वडा नम्बर ३ बाट निर्वाचित वडाध्यक्ष हुन् ।
त्यस्तै सोही कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका प्रदेश कमिटी सदस्य गणेश थापा मगरसहितको टोली एमालेमा प्रवेश गरेको छ । सबै पार्टीबाट १२ सय भन्दा बढी कार्यकर्ता एमालेमा प्रवेश गरेको जिल्ला इन्चार्ज तथा एमाले पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाले जानकारी दिनुभयो ।









प्रतिक्रिया