अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले झापाको अधिवेशन : भूगोल र क्षेत्रलाई तोकियो सदस्य संख्या

एमाले झापाको अधिवेशन : भूगोल र क्षेत्रलाई तोकियो सदस्य संख्या


बिर्तामोड – नेकपा एमाले झापाको १०औं जिल्ला अधिवेशन बिर्तामोडस्थित हिमाल सागर रिसोर्टमा शुरु भएको हो । सो अधिवेशनलाई भर्चुअल माध्यमबाट एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको हो ।

अध्यक्ष ओलीले शुभकामना मन्तव्य दिदैं आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गर्नुभयो ।  कार्यकर्तालाई उहाँले गठबन्धनले प्राप्त गरिरहेको परिणामबाट अचम्ममा नपर्न आग्रह गर्दै राष्ट्रिय सभासम्म गठबन्धनको अन्तिम किस्ता बाँकी रहेको जानकारी समेत दिनुभयो । राष्ट्रियसभा निर्वाचन पछिका कुनैपनि निर्वाचनमा गठबन्धनले परिणाम प्राप्त गर्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो जनताको मतलाई दुरुपयोग गर्ने काम गठबन्धनबाट भइरहेको छ ।

पुस २३ देखि २४ गते सञ्चालन हुने जिल्ला अधिवेशनको पहिलो दिन उद्घाटन शत्र सम्पन्न गरेर बन्द शत्र शुरु गरिएको छ । बन्दशत्रमा अध्यक्ष चिन्तन पाठकले राजनीतिक तथा संगाठनिक प्रतिवेदन र कार्यलय सचिव शिव ढुङ्गेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । दुवै प्रतिवेदनमाथि सात समूह निर्माण गरेर छलफल सम्पन्न गरिएको छ । सो समूहका सात संयोजकले भोलि (शनिवार) १० बजेदेखि शुरु हुने बन्दशत्रमा छलफलको निष्कर्ष सुनाउने भएको छ । प्रतिवेदन पारित गरेपछि निर्वाचन प्रक्रिया शुरु हुने बताइएको छ ।

निर्वाचन प्रक्रिया प्रारम्भ एपछि उम्मेद्वारी दर्ता लगायतका काम हुने जानकरी गराएको छ । सर्वसम्मत भएमा शनिवार नै नेतृत्व चयन हुने छ ।

यस्तै, बन्दशत्रले संगठनात्मक संरचना पारित गरेको छ । पारित गरिएको संरचना अनुसार १५० सदस्यीय जिल्ला कमिटी बन्ने छ । कचनकवल, गौरीगञ्ज, कमल, बुद्धशान्ति, हल्दिवारी, बाह्रदशी, झापा, कनकाई र भद्रपुरले ३-३ जना सदस्य पाउने भएका छन् । तीन जनामध्ये एक महिला अनिवार्य गरिएको छ ।

शिवसताक्षी, दमक, बिर्तामोड, अर्जुनधारा, मेचीनगर र गौरादहले ४-४ जना सदस्य पाउने भएका छन् । चार जनामध्ये २ जना महिला अनिवार्य गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ का दरले ५ जना र प्रदेश सभा निर्वाचन क्षेत्र २ जनाका दरले २० सदस्य पाउने छ ।

यस्तै, दलित समुदायको प्रतिनिधि हुने गरी महिला पुरुष ७ जना, आदिवासी जनजाति ९, श्रमिक ५, मधेशी २, सिमान्तकृत ३, मुस्लिम १, व्यवसायी २, युवा विधार्थी खेलकुद्बाट २ पेशगत २, सञ्चारकर्मी, अपांग, सुकुम्बासी, सांस्कृतिकर्मी, गैसस, सहकारी क्षेत्रलाई १-१ जना सदस्य पाउने छ । कानून व्यवसायी, चिकित्सक, इञ्जिनियर र प्राध्यापकबाट जम्मा २ जना सदस्य बनाइने बन्दशत्रले पारित गरेको छ ।