अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेरास्ववियु मुगुको अध्यक्षमा हंस रावल

अनेरास्ववियु मुगुको अध्यक्षमा हंस रावल


मुगु – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मुगुको अध्यक्षमा हंस रावल निर्वाचित भएका छन् ।

अनेरास्ववियु मुगुको ११औं जिल्ला अधिवेशनले रावललाई अध्यक्ष पदमा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

अनेरास्ववियु जिल्ला कमिटी मुगुका सहईन्चार्ज गणेश सेजुवालले दिएको जानकारी अनुसार सबै पदाधिकारी र ४१ सदस्य सर्वसम्मत चयन भएका हुन् । उहाँका अनुसार उपाध्यक्षमा रोशन शाही लगायत अन्य २ जना चयन भएका छन् ।

त्यस्तै सचिवमा लेखराज परियार सहित ४१ सदस्यीय समिति चयन भएको सेजुवालले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश सभाका सदस्य तथा विधान समितिका सभापति दान सिंह परियारको प्रमुख आतिथ्यमा सभा उद्धघाटन भएको थियो भने समितिले जिल्लामै पहिलो पटक र्‍यालीसहित अधिवेशन सम्पन्न गरेको हो ।