अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँचवटा स्याल मिलेर हात्तीविरुद्ध उभिएका छन् तर केही सक्दैनन् : गोकुल बाँस्कोटा

पाँचवटा स्याल मिलेर हात्तीविरुद्ध उभिएका छन् तर केही सक्दैनन् : गोकुल बाँस्कोटा


बनेपा – नेकपा एमालेका पोलिटव्युरो सदस्य गोकुल बाँस्कोटाले पाँचवटा स्याल मिलेर हात्तीविरुद्ध उभिदा पनि केही गर्न नसक्ने बताउनुभएको छ ।

नेकपा एमाले काभ्रेपलाञ्चोकको शुक्रबार धुलिखेलमा आयोजित दशौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।

नेता बाँस्कोटाले एमालेमा लामो समय बसेर कुण्ठाग्रस्त मानिसहरू मात्र बाहिर गएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘को कता गयो भनेर टाउको गनेर बस्नु पर्ने अवस्था छैन, बुढाबुढी, युवा, महिला, विद्यार्थी  तथा गाउँदेखि शहरसम्मका जनता हामीसँग छन ।’

बाँस्कोटाले एमाले विभाजन भएको देखाउन नसकेपछि फुटेर गएकाहरूको कार्यक्रममा नेपाली कांग्रेस र माओवादीले आफ्ना कार्यकर्ता पठाएर सहयोग गर्दिनु परिरहेको बताउनुभयो ।

नेता बाँस्कोटाले आगामी निर्वाचनमा काभ्रेका दुई वटा सङ्घीय र प्रदेशका चारवटै सिट एमाले एक्लैले जित्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो ‘आगामी चुनावमा एमालेले गरेको काम देखेर काभ्रेली जनताले पुरस्कृत अवश्य पनि गर्नुहुनेछ ।’

बास्कोटा भन्नुहुन्छ-  ‘बाटोघाटो, मन्दिर, पुल पुलेसो हामीले जे गरेका छौ त्यो कामको हामीले पुरस्कार थाप्ने हो, अरूले ढ्वाङ थाप्ने मात्र हो ।’ एमाले विरुद्ध बनेको गठबन्धनलाई बास्कोटाले स्यालहरूको झुण्डको संज्ञा दिनुभयो ।