काठमाडौं – माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । श्रेष्ठले आफूलाई कोरोना संक्रमण पुष्टि भएको बारेमा सामाजिक सञ्जालबाट जानकारी सार्वजनिक गराउनुभएको छ ।
‘पिसीआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु । कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सावधानी अपनाउन विनम्रतापुर्वक अनुरोध गर्दछु’ श्रेष्ठले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
प्रतिक्रिया