काठमाडौं – पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७६२ पीसीअर परीक्षणमा ६९६ र ३ हजार ५०२ एन्टिजेन परीक्षणमा २४८ जना गरी ९४४ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ३६२ भक्तपुरमा २५ र ललितपुरमा ९४ जना गरी उपत्यकामा ४८१ जना थपिएका छन् ।
योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६ हजार १४० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन । आइसीयूमा ८१ जना भेन्टीलेटरमा १४ जना संक्रमति उपचाररत छन् । आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया