अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल निजामती कर्मचारी युनियन तेह्रथुमको अध्यक्षमा नेपाल

नेपाल निजामती कर्मचारी युनियन तेह्रथुमको अध्यक्षमा नेपाल


तेह्रथुम – नेपाल निजामती कर्मचारी युनियन तेह्रथुम जिल्ला कार्यसमितिको अध्यक्षमा सन्देश नेपाल चयन भएका छन् । जिल्ला सदरमुकाम म्याङलुममा सम्पन्न आठौँ जिल्ला अधिवेशनले नेपाललाई चयन गरेको हो ।

कार्यसमितिको खुल्ला उपाध्यक्षमा नरबहादुर निरौला, महिला उपाध्यक्षमा रिता खतिवडा र समावेशी उपाध्यक्षमा विष्णु लिम्बु चयन भएका छन् । त्यस्तै सचिवमा सुजन थापा, कोषाध्यक्षमा सन्देश तुम्बाहाम्फे रहेका छन् ।

कार्यसमितिको सदस्यमा रेवत दाहाल,मनीषा बराल ढुङ्गाना, सुवेश कुमार भगत, डोलकुमारी कुमाल, मनोज चिमोरिया, समीर लिम्बु, किरण लावर, कुलबहादुर कटुवाल, धर्मसुन्दर खड्का र खगेन्द्र तिम्सिना रहेका छन्। अधिवेशनले सुरेन्द्र बहादुर खड्का, विद्या अधिकारी ढुङ्गाना र रितेश भूषण बस्नेतलाई महाधिवेशन प्रतिनिधि छनौट गरेको छ ।