रुपन्देही – नेकपा एमाले रुपन्देहीका अध्यक्षमा तेजेन्द्र केसीलाई सिफारिस गरेका छन् । अध्यक्षसहित पदाधिकारी तथा सदस्यहरुको नाम अध्यक्ष मण्डलले सिफारिस गरेको हो ।
त्यसैगरी उपाध्यक्षमा जागेश्वरी चौधरी, सचिवमा यज्ञ गैरे तथा सहसचिवमा चित्रबहादुर कार्की र हितराज पन्थीलाई प्रस्ताव गरिएको छ ।
अध्यक्ष मण्डलले हलबाट सबै १५१ पदमा नाम प्रस्ताव गरेको हो । सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै अध्यक्ष मण्डलका तर्फबाट शिवराज सुवेदीले सबै कलस्टरका नाम प्रस्ताव गर्नुभएको थियो ।
आज बेलुकी उम्मेदवारी दर्ता गरेर भोलि ८ बजेदेखि मतदानको प्रक्रिया सुरु गर्ने गरी तयारी गरेको छ।
अध्यक्ष मण्डल हलले केसीको नाम प्रस्ताव गरे पनि अध्यक्षका आकांक्षी पुरुषोतम घिमिरेले पनि उम्मेदारी दिनुभएको छ ।






प्रतिक्रिया