अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ का १३ जिल्लामा एमालेको अधिवेशन जारी

प्रदेश १ का १३ जिल्लामा एमालेको अधिवेशन जारी


विराटनगर – प्रदेश १ मा नेकपा एमालेको १३ जिल्लामा अधिवेशन जारी रहेको छ । केही हिमाली जिल्ला भएकाले संखुवासभामा अधिवेशन भएको छैन भने अन्य जिल्लामा अधिवेशन जारी रहेको छ ।

मोरङ र झापामा पदाधिकारी सर्वसम्मत चयन भएका छन् । झापामा पोलिडब्युरो सदस्य हिक्मत कार्कीका दाजु दीपक कार्की अध्यक्ष भएका छन् भने प्रेम गिरी उपाध्यक्ष, शिव ढुंगेल सचिव, चन्द्र श्रेष्ठ र असारु राजवंशी उपसचिव सर्वसम्मत चुनिएका छन् ।

यस्तै मोरङ अध्यक्षमा ऋसिकेस पोख्रेल उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा, उपसचिवमा सन्तोष शाह सर्वसम्मत चुनिएका छन् ।

दुवै जिल्लामा मनोनयन दर्तामा उनीहरूको मात्रै नाम परेको निर्वाचन समितिहरूले जनाएका छन् । सदस्यहरूमा भने दुवै जिल्लामा आकांक्षी धेरै देखिएपछि मिलाउन थालिएको पोलिटब्युरो सदस्य हिक्मत कार्कीले बताउनुभयो ।

सुनसरीमा भोलिका लागि मात्रै मनोनयन दर्ताको समय तोकिएको छ । सुनसरीमा तीन जना अध्यक्षका आकांक्षी देखिएका छन् । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरी, हालका अध्यक्ष खेमराज पोख्रेल र रेवतिरवण भण्डारी अध्यक्षका आकांक्षी छन् । ताप्लेजुङमा बलबहादुर साम्सोहाङ र भूपेन्द्र थेबे आकांक्षी देखिएका छन् ।

यस्तै तेह्रथुममा दुई प्रदेश सांसद अध्यक्षका लागि प्रतिस्पर्धा गरिरहेका छन् । जिल्ला अध्यक्षसमेत रहेका लक्ष्मण तिवारी र पूर्व अध्यक्ष तेजमान कन्दङवा आकांक्षी देखिएका छन् । तिवारी १० बुँदे सहमति पछि एमालेमा बसेका थिए ।

उदयपुरमा तीन जना आकांक्षी देखिएपछि मिलाउने प्रयास भइरहेको प्रदेश सांसदसमेत रहेका नेता विमल कार्कीले बताउनुभयो ।

यस्तै पूर्व मुख्यमन्त्री शेरधन राईको गृह जिल्ला भोजपुरमा पनि दुई आकांक्षी देखिएका छन् । मकर खड्का र शरण राई अध्यक्षका लागि प्रतिस्पर्धा गरिरहेको पूर्व मुख्यमन्त्री राईका प्रेस सल्लाकार धुव्र सुवेदीले बताउनुभयो ।

धेरै जिल्लामा सर्वसम्मत गर्ने प्रयास भइरहेको नेकपा एमाले प्रदेश १ का अध्यक्ष तुलसी न्यौपानेले बताउनुभयो । उहाँले भोलिसम्ममा धेरै जिल्लामा सर्वसम्मत नेतृत्व छानिने समेत दाबी गर्नुभयो । केही जिल्लामा चुनाव हुने अवस्था देखिएको समेत उहाँले बताउनुभयो ।

१ नम्बर प्रदेशमा १० बुँदेमार्फत एमालेमै बसेर उनीहरूले नेतृत्व गरेको जिल्लामा भने निर्वाचन हुने देखिएको छ । तेह्रथुम, ताप्लेङ्गलगायतका जिल्लामा १० बुदेमार्फत एमालेमा बसेकाले जिल्लाको नेतृत्व गरेका थिए । शुक्रबारदेखि जिल्ला अधिवेशन सुरु भएको हो ।