अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारी खोटाङको अध्यक्षमा सञ्जीव राई

प्रेस चौतारी खोटाङको अध्यक्षमा सञ्जीव राई


खोटाङ – प्रेस चौतारी नेपाल खोटाङको अध्यक्षमा सञ्जीव राई (सिताराम) चयन भएका छन् ।

शनिबार दिक्तेलको होटेल शुभदिनमा सम्पन्न पाँचौं अधिवेशनबाट राई सर्वसम्मत अध्यक्ष चुनिएका हुन् । प्रेस चौतारीको उपाध्यक्षमा राजन ठटाल र अस्मिता खत्री, सचिवमा दिवस रिजाल, सहसचिवमा खेमराज पुरी र प्रेम श्रेष्ठ तथा कोषाध्यक्षमा सन्तोष पौडेल चुनिएका छन् ।

सदस्यमा मनोन आचार्य, मिलन आचार्य, दीपेश श्रेष्ठ, योगीन राई, जीवन मगर, चिरञ्जीवी रिजाल, रोसन राई र उमेश भुजेल भएका छन् । यस्तै, दमन राई, हरिबोल आचार्य, लोकमणि रिजाल, बद्री आचार्य र टिवन राई सल्लाहकार चयन भएका छन् ।

पत्रकार पाण्डे र आचार्य सम्मानित

प्रेस चौतारीले पत्रकार दीपक पाण्डे र इन्द्रप्रसाद आचार्यलाई सम्मान गरेको छ । पत्रकारिता एवं श्रमजीवी पत्रकारको पक्षमा गरेको वकालत र योगदानको कदर गर्दै पत्रकार पाण्डे र आचार्यलाई जिल्ला अधिवेशनको अवसरमा सम्मान गरिएको प्रेस चौतारीका केन्द्रीय सदस्य एवं खोटाङ इन्चार्ज हरिबोल आचार्यले बताउनुभयो ।

पत्रकारद्वयलाई दोसल्ला ओढाएर सम्मान-पत्र प्रदान गरिएको छ । सम्मानित पत्रकार पाण्डे प्रेस काउन्सिलका सदस्य तथा आचार्य प्रेसचौतारीका केन्द्रीय कोषाध्यक्ष हुन् ।