अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कैलालीमा एमाले अध्यक्ष र उपाध्यक्ष नै प्यानलसहित चुनावी मैदानमा

कैलालीमा एमाले अध्यक्ष र उपाध्यक्ष नै प्यानलसहित चुनावी मैदानमा


धनगढी – नेकपा एमालेको कैलाली जिल्ला समिति चयनका लागि निर्वाचन हुने भएको छ । अध्यक्ष लगायतका पदाधिकारीका आकांक्षी नेताहरुबीच सहमति हुन नसकेपछि निर्वाचन हुन लागेको हो ।

सहमती नभएपछि निवर्तमान अध्यक्ष रतन थापा र निवर्तमान उपाध्यक्ष रणबहादुर चन्द मैदानमा उत्रिएका हुन् ।

निवर्तमान अध्यक्ष थापाको प्यानलबाट उपाध्यक्षमा दुर्गादत्त जोशी, सचिवमा निवर्तमान सचिवसमेत रहेका दानबहादुर बिक ‘चित्रण’ ले उम्मेदवारी दर्ता गराएका छन् । चन्दको प्यानलबाट उपाध्यक्षमा सीताराम बुढाथोकी, सचिवमा पाण्डे, सहसचिवमा ममता चौधरी र लोकेन्द्र शाहीले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

सहसचिवमा रबिन्द्र चौधरी, विनय शाह र मदनराज ओझाले पनि उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिका अनुसार आइतबार बिहान ८ बजेदेखि मतदान शुरु भएको छ ।

शुक्रबार सुरु भएको आठौँ जिल्ला अधिवेशनले शनिबार नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको थियो । तर, अध्यक्षका आकांक्षीबीच सहमति हुन नसक्दा निर्वाचन हुने भएको हो ।