अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सलमान खानसँग श्रीमान उदीपको तुलनाले नायिका आँचल मख्ख

सलमान खानसँग श्रीमान उदीपको तुलनाले नायिका आँचल मख्ख


काठमाडौं – नायिका आँचल शर्मा सञ्चार माध्यमलाई अन्तर्वार्ता दिने क्रममा केही न केही भाइरल क्लिप दिने गरी बोल्नुहुन्छ ।

वैवाहिक बन्धनमा बाँधिए लगत्तै एक अन्तर्वार्तामा उहाँले आफ्ना श्रीमान् उदीप श्रेष्ठ बलिउड अभिनेता सलमान खान जस्तै लाग्ने बताउनुभएको थियो । सो अभिव्यक्तिलाई लिएर आँचल ट्रोलको सिकार बन्नुभयो ।

यो केही वर्षअघिको कुरा हो । तर, अहिलेसम्म पनि सलमान र उदिपको तस्बिर जोडेर ट्रोल बनाउने अनि रमाउने जमात हटेको छैन ।

केही समय अगाडि अभिनेता सलमान खानको जन्मदिन थियो । यही मौका छोपेर धेरैले तस्बिरहरू जोडेर ट्रोल बनाउन पछि परेनन् । आफूलाई ट्रोल बनाइएको विषयमा पनि आँचल पनि रमाउन थालेको देखिन्छ।

अघिल्लो साता तेलगु फिल्म ‘हिटम्यान’को घोषणा कार्यक्रममा सञ्चारकर्मीले आँचललाई यही विषयमा प्रश्न गरे । गर्नुभयो । आँचलले हाँस्दै जवाफ दिनुभयो, ‘मलाई सलमान खान पहिलेदेखि मन पर्ने हो । उहाँको काम, बडी सबै मनपर्छ । मैले त्यही हिसाबले मेरो श्रीमान मनपर्छ र उहाँजस्तो लाग्छ भन्नुभएको थियो । अब राम्रो मान्छेसँग तुलना हुँदा खुसी नै छु ।’