डडेल्धुरा – नेकपा एमाले डडेल्धुराको अध्यक्षमा प्रकाश साउद सर्वसहमत चयन भएका छन् । आठौँ जिल्ला अधिवेशनबाट वर्तमान अध्यक्षसमेत रहेका साउद सर्वसहमत अध्यक्षमा चयन भएका हुन् ।
अध्यक्ष पदमा अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझाले पनि उम्मेदवारी दिनुभएको थियो । तर, अन्तिममा उहाँले साउदलाई नै सर्मथन गर्नुभएको थियो ।
यस्तै उपाध्यक्षमा धनबहादुर धामी (विवेक), सचिवमा गजेन्द्र शाही, उप–सचिवमा मीन बोगटी र अन्जु गैरे चयन भएका छन् । अन्य पदमा पनि सहमति प्रयास भइरहेको एमाले डडेल्धुराले जनाएको छ ।
प्रतिक्रिया