अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बैतडी अध्यक्षमा सुरेन्द्र पाल

एमाले बैतडी अध्यक्षमा सुरेन्द्र पाल


बैतडी – नेकपा एमाले बैतडीको जिल्ला अध्यक्षमा निवर्तमान अध्यक्ष सुरेन्द्र पाल सर्वसम्मत चयन भएका छन् । यसअघि अध्यक्षमा गोरखबहादुर चन्दको समेत उम्मेदवारी परेकोमा चन्द उम्मेदवारी फिर्ता लिन तयार भएपछि सहमति जुटेको हो ।

उपाध्यक्षमा यसअघि नै रमील बम चयन भैसकेका छन् । यसैगरी सचिवमा चक्र कार्की चयन भएका छन् भने उपसचिवमा चन्द प्यानलबाट एक जना राख्ने सहमति भएको छ ।  

जिल्लास्थित नेताहरू र उम्मेदवारहरूका बीचमा भएको गहन छलफल पछि सहमति जुटेको अनेरास्ववियु केन्द्रीय उपमहासचिव गोविन्द गिरीले बताउनुभयो ।

राष्ट्रिय युवा संघ नेपाल आबद्ध युवाहरूको पहलमा सहमति जुटेको पाटन नगरपालिका वडा-१० का वडाध्यक्ष देवेन्द्र कुवरले बताउनुभयो ।