काठमाडौं – सरकारले आन्तरिक हवाइ उडानमा यात्रा गर्नका निम्ति अनिवार्य खोप कार्डको व्यवस्था गरेको छ ।
आज बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकले माघ ३ गतेदेखि आन्तरिक हवाइ उडानमा अनिवार्य खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
नेपालमा दैनिक रुपमा कोरोना संक्रमण पुन: बढ्न थालेपछि सरकारले सार्वजनिक स्थलमा भेला हुन र यात्रामा प्रतिबन्धात्मक व्यवस्थाहरु गरेको हो ।
प्रतिक्रिया