अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खोपकार्ड अनिवार्यदेखि विद्यालय बन्दसम्म- यी हुन् सीसीएमसीका १३ सिफारिस

खोपकार्ड अनिवार्यदेखि विद्यालय बन्दसम्म- यी हुन् सीसीएमसीका १३ सिफारिस


काठमाडौं – कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले नियन्त्रणका लागि भन्दै सरकारलाई विभिन्न १३ वटा सिफारिस गरेको छ ।

मंगलबार बसेको सिसिएमसीको बैठकले माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना खोप लगाएको कार्ड देखाउनुपर्ने देखि विद्यालय माघ १५ गतेसम्म बन्द गर्नु पर्ने लगायको निर्णय गरेको छ।

सिसिएमसीले कार्यालय, होटेल, सिनेमा हल, रंगशाला, हवाइ यात्रा गर्दा खोप लगाएको प्रमाण देखाएर मात्रै सेवा लिन पाउने सिफारिस गरेको छ।