अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोनाका कारण विद्यालय बन्द गर्न कि नगर्ने भन्ने बिषयमा आज शिक्षा मन्त्रालयमा बैठक

कोरोनाका कारण विद्यालय बन्द गर्न कि नगर्ने भन्ने बिषयमा आज शिक्षा मन्त्रालयमा बैठक


काठमाडौं -कोरोना संक्रमण बढेसागै सरकारले व १५ माघसम्म विद्यालय

कोरोनाका कारण विद्यालय बन्द गर्न सिसिएमसीले गरेको सिफारिस कार्यन्वयन गर्ने बिषयमा आज शिक्षा मन्त्रालयमा बैठक राखिएको छ ।
सिसिएमसीले माघ १५ सम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । त्यही सिफारिसका आधारमा विद्यालय बन्द गर्ने कि अरु कुनै आधार पनि अध्ययन गर्ने भन्न बिषयमा छलफल गर्न बैठक राखिएको प्रवक्ता दिपक शर्माले जानकारी दिनुभयो ।

प्रवक्ता शर्माका अनुसार आजको बैठकपछि विद्यालय बन्दको मोडालिटी कस्तो हुने भन्ने यकिन हुने बताउनुभएकोे छ ।
जनस्वास्वास्थ्यविदहरूको राय अनुसार आइतबार मात्र कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्रले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो ।
सिसिएमसीको हिजोको बैठकले तत्काललाई आजबाट लागु हुने गरी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो ।
सिसिएमसिसीकै निर्णयका आधारमा विद्यालय बन्द गर्ने वा थप केही सूचना जारी गर्नेबारे आज विस्तृत छलफल गरेर निर्णय गरिने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।