काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयले मंगलबारबाट विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
कोभिड -१९ व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिसपछि मन्त्रालयले मंगलबारबाट विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गरी पुस २७ देखि माघ १५ गतेसम्म विद्यालयहरु बन्द हुने जानकारी दिनुभयो ।
मन्त्रालयले विद्यार्थीलाई वैकल्पिक सिकाइसँग जोड्न मन्त्रालयले निर्देशन दिएको छ । विज्ञप्तिमा भनिएको छ ‘विदाको अवधिमा सिकाइ सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रबन्ध मिलाउनू ।’
यस्तै मन्त्रालयले १२ वर्षदेखि १७ वर्ष उमेस समूहका विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन समेत आग्रह गरेको छ ।
त्यस्तै विश्वविद्यालय शैक्षिक प्रतिष्ठानहरुको पूर्वनिर्धारित सेमेष्टर, वार्षिक परीक्षाका कार्यक्रमहरु जनस्वास्थ्य र सुरक्षाको मापदण्डहरु पूर्ण रुपमा पालना गर्न निर्देशन दिएको छ ।
विद्यालयहरु बन्द भएपनि पूर्वनिर्धारित परीक्षाहरु भने सञ्चालन हुने भएका छन् । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै पूर्वनिर्धारित सेमेष्टर र वार्षिक परीक्षा सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ ।
प्रतिक्रिया