संखुवासभा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गर्दा कसैलाई पनि पश्चातप नहुने बताउनुभएको छ ।
एमाले संखुवासभाको ८औं जिल्ला अधिवेशनको आज खाँदबारीमा उद्घाटन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । विभिन्न पार्टी त्यागेर एमाले प्रवेश गरेकाहरुलाई एमालेमा स्वागत गर्दै अध्यक्ष ओलीले एमाले प्रवेश गर्दा सबैलाई गौरवको अनुभुती हुने बताउनुभयो ।
‘एमाले जनताको पार्टी हो । यसले जनताको प्रगति, सुख, समृद्धि निम्ती काम गर्दछ’ ओलीले भन्नुभयो ‘एमालेले लोकतन्त्रका निम्ती काम गर्छ । त्यसैले एमाले भएकोमा तपाईंहरुलाई पछुतो हैन सधैं गौरव भइरहनेछ ।’
कार्यक्रममा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य राजेन्द्र गौतम, डा. शिवमाया तुम्बहाम्फे,केन्द्रीय सदस्य दुर्गा प्रसाईं ,सुनिता बराल लगायतको उपस्थिती थियो ।







प्रतिक्रिया