प्युठान – एमाले प्युठानको अध्यक्षमा विजयविराज विष्ट विजयी भएका छन् । सोमबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार उहाँले ३१४ मत ल्याएका छन् ।
अध्यक्षका अर्का प्रतिस्पर्धी नेहरसिंह केसीले १७६ मत पाए । पदाधिकारीमध्ये उपाध्यक्षमा झगबहादुर विश्वकर्मा, सचिवमा माधव शर्मा तथा दुई सहसचिवमा श्रीधर रोका र दीपा घर्ती विजयी भएका छन् । अध्यक्षमा विजयी विष्ट वामदेव गौतम निकट हुन् ।







प्रतिक्रिया