अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार-एमाले वार्ता देखावटी मात्र : नेम्वाङ

सरकार-एमाले वार्ता देखावटी मात्र : नेम्वाङ


इलाम – नेकपा एमालेका उपाधक्ष्य सुवासचन्द्र नेम्वाङले सरकारले एमालेसँग वार्ता गर्न नचाहेको बताउनुभएको छ ।

इलाममा आज पत्रकारहरुसँग कुरा गर्दै नेता नेम्वाङले कसैलाई देखाउनका लागि मात्र वार्तामा बोलाए पनि एमालेको एजेण्डामा सरकार प्रवेशै नगरेको उहाँले बताउनुभयो । एमालेले कारबाही गरेको १५ जनालाई साँसदबाट नहटाएसम्म संसद चल्न नदिने उहाँको भनाइ छ ।

नेम्वाङले सभामुखले बोलाएको बैठकमा आफूहरु नजाने स्पष्ट पार्नुभएको छ । ‘सरिता गिरीलाई तुरुन्त कारबाही हुने, रामबहादुर थापाहरुलाई तुरुन्त कारबाही हुने अनि एमालेले कारबाही गरेकाहरुलाई चाहिं  कारबाही नहुने हुन्छ ?’ नेम्वाङले भन्नुभयो, ‘एमालेले कारबाही गरेकाहरुलाई  सभामुखले सूचना नटाँसेसम्म एमाालेले संसद अवरोध गरिरहन्छ ।’